IME Life New

अब कनेक्ट आइपिएस मार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रिमियम) अब कनेक्ट आईपीएस मार्फत अनलाइन भुक्तानी गर्न सकिने भएको छ । यस सुविधा अन्तर्गत बीमीतले कनेक्ट आइपिएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसेर आफनो बीमा शुल्क भुक्तानी गर्न सक्ने भएको छ।

कम्पनीको शाखा/ उपशाखा कार्यालयमा गई आफनो प्रिमियम भुक्तानी गर्दै आइरहेको सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आइपीएस मार्फत अनलाइन भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ। साथै ,जुनसुकै समयमा जहाँसुकैबाट अनलाइन भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत हुने जनाएको छ ।

Esewa
Crest

नेपाल लाइफले आफना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई सेवा तथा प्रभु पे बाट अनलाइन भुक्तानी भइरहेको छ ।

त्यस्तै, फोन पे मार्फत आफनो बैंक खाता कनेक्ट गरी र नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैंकिङ मार्फत अनलाइन भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ । साथै नेपाल लाइफले अन्य डिजिटल पेमेन्ट सिस्टम बाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS