IME Life New

अन्तर्राष्ट्रिय जोखिम व्यवस्थापन गोष्ठी साउन २९ गते हुँदै, यस्ता छन् छलफका विषयहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तराष्ट्रिय जोखिम व्यवस्थापन गोष्ठी साउन २९ गते हुने भएको छ। बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (BFIN) को प्रथम वार्षिकोत्सवको अवसरमा सो गोष्ठी आयोजना गर्न लागिएको संस्थाले जनाएको छ।   इन्स्टिच्युटले आफ्नो वार्षिकोत्सव काठमाडौं स्थित होटल हायात रिजेन्सीमा मनाउने भएको छ ।

उक्त गोष्ठीमा भारत तथा नेपालका वित्तीय क्षेत्रका विज्ञहरुवाट विषय केन्द्रित टिप्पणी प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले उद्घाटन गर्ने भएका छन् । कार्यक्रम बुधवार विहान ९ वजे देखि वेलुकी ६ वजेसम्म संचालन हुने भएको छ ।

Esewa
Crest

कार्यक्रममा छलफल तथा टिप्पणी हुने विषयहरु

जोखिम व्यवस्थापनको नियामक र निरिक्षणात्मक दृष्टिकोण
जोखिम व्यवस्थापनको नियामक र निरिक्षणात्मक दृष्टिकोण विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्र र बैंक तथा वित्तीय क्षेत्रका विज्ञ सुदीप खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठ अध्यक्षता गर्दै सत्रमा मुख्य गरी नेपालको वित्तीय क्षेत्रमा देखिएका जोखिमहरु र केन्द्रिय बैंकले जोखिमव् यवस्थापनका लागि लिएको नीतिगत व्यवस्थाका व्यवहारिक पक्षहरुवारे व्यापक छलफल गरीने उद्देश्य लिइएको छ ।

ठूला तथा साना आयोजनाहरुमा गरिने लगानीका जोखिमहरु र तिनका सुधारात्मक रणनीतिहरु
यस विषयमा भारतकोका पूर्व अध्यक्ष एस. श्रीधर तथा जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले कार्यपत्र प्रस्तुत गर्ने छन् । अध्यक्षता नेपाल बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले गर्ने भएका छन् ।

नेपालको विकासका लागि पूर्वाधार विकास अत्यन्त महत्वपूर्ण रहेको र यस्ता ठूला परियोजनाहरुमा लगानी गर्दा अपनाउनु पर्ने प्रकृया तथा त्यसमा देखिने जोखिमहरुको मूल्यांकन गर्ने यो सत्रको उद्देश्य रहेको छ । यसै गरी साना तथा मझौला परियोजनाहरुमा लगानी गर्दा बैंकले कसरी जोखिमहरुको मूल्यांकन गर्ने भन्ने वारे पनि छलफल गर्ने विषय समेत समावेश भएको जनाएको छ ।

यान्त्रिक परिवर्तन र वित्तीयएवम् वीमा क्षेत्रमा देखा पर्ने जोखिमहरु
कार्यक्रमको यस सत्रमा वित्तीय क्षेत्रमा प्रविधिको विकास र यसवाट उत्पन्न जोखिमहरुवारे छलफल गरिने उद्देश्य रहेको छ । यस अन्तर्गत वित्तीय क्षेत्रको प्रविधि विकास र यसवाट उत्पन्न जोखिमहरुवारे भारतको एक्जिम बैंकका सहायक महाप्रवन्धक दीपक भाटियाले कार्यपत्र प्रस्तुत गर्ने छन् । यसै गरी बीमा क्षेत्रमा प्रविधिको विकास र यसवाट उत्पन्न जोखिमवारे Birla Institute of Management Technology (BIMTECH) का प्राध्यापक मनोज कुमार पाण्डेले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

साथै, यस सत्रमा बैंक तथा वित्तीय क्षेत्रसँग सम्वन्धित जोखिमहरुवारे नेपाल इन्भेष्टमेण्ट बैंकका नायव महाप्रवन्धक विजेन्द्र सुवाल र बीमा क्षेत्रसँग सम्वन्धित जोखिमहरुवारे सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले आफ्ना धारणा राख्ने छन् ।

कार्यक्रममा केयर रेटिङ्गस् नेपालका प्रमुख कार्यकारी अधिकृत साजन गोयलले जोखिम र रेटिङ्गवीचको अन्तरसम्वन्धवारे जानकारी गराउने छन् ।

कार्यक्रमलाई प्रमुख सुत्रधारका रुपमा बिएफआइएनका प्रवन्धनिर्देशक डा. विनोद आत्रेयले संचालन गर्नेछन् ।
अन्तर्राष्ट्रिय जोखिम व्यवस्थापन गोष्ठी कार्यक्रमका बारेमा जानकारी दिँदै बिएफआईएनका प्रवन्ध निर्देशक डा. विनोद आत्रेयले भने, “प्रविधिको विकासले वित्तीय क्षेत्रमा धेरै अवसर प्रदान गरेको छ । तर, यसले जोखिमहरु पनि उत्तिकै उत्पन्न गर्दछ । प्रविधिको क्षेत्रमा Data Fraud & Theft, Cyber Attacks, Critical Information Infrastructure Breakdown जस्ता जोखिमहरु तथा मानव संसाधनको क्षेत्रमा Anger, Negative Attitude, Unsocial Behavior, Work-Life Imbalance, Technology Addiction जस्ता धेरै जोखिमहरु देखा पर्न सक्ने भएकाले यस्ता समस्याहरुको विषयमा छलफल गर्ने उद्देश्यले यो गोष्ठीको आयोजना गरिएको हो ।”

यस कार्यक्रमका मुख्य प्रायोजक एनआईसी एशिया बैंक लिमिटेड र रेनल्ट गाडिका वितरक एडभान्स अटोमोबाइल्स रहेका छन् भने बिरला इन्स्टिच्युट अफ मेनेजमेन्ट टेक्नोलोजी, जनता बैंक नेपाल, कुमारी बैंक, एभरेष्ट बियर, केयर रेटिङ्स नेपाल लिमिटेड, एनसीसी बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय बाणिज्य बैंक, कर्मचारी संचय कोष, सूर्या लाईफ इन्स्योरेन्स, एलआईसी नेपाल र होटल बडीले सह—प्रायोजकको रुपमा सहभागिता जनाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS