IME Life New

अधिकारी र कार्कीको अन्तर्वार्ता सकियो, फेरि पनि गएनन् चापागाइँ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका उम्मेदवार डा नवराज अधिकारी र कृष्णबहादुर कार्कीको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण सकिएको छ।

यसअघि स्थगित गरिएको सर्टलिस्टमा परेका उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता आज अर्थ मन्त्रालयमा लिइएको हो। आज बिहान ८ बजेबाट अन्तर्वार्ता सुरु भएको थियो।

Crest

अर्थ मन्त्रालय स्रोतका अनुसार अधिकारी र कार्की अन्तर्वार्ता दिएर फर्किएका छन्। ‘अधिकारी र कार्की अन्तर्वार्ता सकिएको छ’, स्रोतले भने, ‘तर, चिरञ्जीवी चापागाइँ आउनुभएन।’

अधिकारी धितोपत्र बोर्डका कार्यकारी निर्देशक र कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ हुन्। चापागाइँ तत्कालीन बीमा समितिका अध्यक्ष हुन्।

यसअघि अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई असोज १८ गते अन्तर्वार्ताका लागि बोलाइएको थियो। तर, समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी बिरामी परेर उपस्थित हुन नसकेपछि अन्तर्वार्ता रोकिएको थियो।

त्यसअघि तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको नेतृत्वमा गठित सिफारिस मितिले गत वर्ष चैत २५ गते १९ जना उम्मदेवारमध्ये ५ जनाको नाम सर्टलिस्ट गरेको थियो। जसमा अधिकारी, कार्की र चापागाइँसहित धितोपत्र बोर्डकै अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ थिए।

समितिले गत असार २ गते ती ५ उम्मेदवारलाई अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि डाकेको थियो। तर, श्रेष्ठद्वयले मात्रै अन्तर्वार्ता दिए भने बाँकी ३ जना अधिकारी, कार्की र चापागाइँ भने उपस्थित भएनन्। उपस्थित नभएका अधिकारी, कार्की र चापागाइँलाई समितिले फेरि असार ५ गते फेरि अन्तर्वार्ताका लागि बोलाएको थियो। तर, उनीहरु गएनन्।

त्यसपछि सिफारिस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको थियो। समितिले यो निर्णयविरुद्ध अन्तर्वार्तामा सहभागी सन्तोषनारायणले सर्वोच्च अदालतमा रिट दिए। हाल यो मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको छ।

अर्थ मन्त्रालयले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियामा देखिएको जटिलताका विषयमा महान्यायाधिवक्ताको कार्यालयमा दुईपटक रायसमेत मागेको छ। दुवैपटक महान्यायाधिवक्ताको पुरानै प्रक्रिया अगाडि बढाउन राय दिएको थियो।

अर्थ मन्त्रालयका स्रोतका अनुसार ४ जना उम्मेदवार अन्तर्वार्तामा सहभागी भएको र १ जना नभएको अवस्थामा अध्यक्ष छनौट प्रक्रिया रोकिँदैन। ‘३ जनाको नाम सिफारिस गर्ने भएकोले ४ जनाले अन्तर्वार्तामा सहभागी हुनु भएको छ’, स्रोतले भन्यो भने, ‘अब मन्त्रिपरिषद्को बैठकबाट धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाउनेछ।’

गत वर्ष पुसमा रमेशकुमार हमाल बाहिरिएपछि खुला प्रतिस्पर्धाबाट धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त हुन सकेको थिएन। धितोपत्र बोर्डको नेतृत्व अर्थ मन्त्रालयका सहसचिवहरुले सम्हाल्दै आएका थिए। हाल धितोपत्र बोर्डको अध्यक्षको भूमिकामा सहसचिव महेश बराल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS