काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि लागू हुने ब्याजदर आज सार्वजनिक गरेका छन्।
हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १८ वटाले माघकै ब्याजदरलाई फागुनमा निरन्तरता दिएका छन् भने २ वटा समायोजन गरेका छन्।
सिटिजन्स र ग्लोबल आइएमई बैंकबाहेक अरु सबैले माघकै मुद्दति निक्षेपको अधिकतम ब्याजदर फागुनमा निरन्तरता दिएका हुन्।
मुद्दति निक्षेपको अधिकतम ब्याजदर ग्लोबल आइएमई बढाएको छ भने सिटिजन्स बैंकले घटाएको छ। ग्लोबलले व्यक्तिगत मुद्दति निक्षेपमा माघमा दिइएको अधिकतम ब्याजदर ५.७५ प्रतिशतलाई बढाएर ६ प्रतिशत पुर्याएको छ भने सिटिजन्स बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशतबाट घटाएर ४.१ प्रतिशतमा झारेको छ।

















