काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८०।८१ को अन्तिम लेखापरीक्षण गर्ने कार्यावधि कर्मचारीहरु बिदामा बस्न नपाउने भएका छन्।
काठमाडौं कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै कर्मचारीहरुलाई अडिट गर्ने समयमा बिदामा नबस्न निर्देशन दिएको हो।
अडिट अवधिभर सबै विभाग प्रमुख र खर्च तथा कार्यक्रममा संलग्न जिम्मेवार कर्मचारी तथा सबै वडासचिव, लेखा प्रमुख, राजश्व हेर्ने कर्मचारीलाई बिदामा नबस्न निर्देशन महानगरपालिकाले दिएको छ। सम्बन्धित अधिकारीले बिदा स्वीकृत नगर्न र नगराउन पनि सूचनामा भनिएको छ।

















