IME Life New

अटो रिक्सामा मुक्तिनाथ विकास बैंकको क्यूआर कोड सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले क्यूआर सेवा अटो रिक्सामा पनि शुरु गरेको छ । गोपिगंज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइन भुक्तानी गर्न मिल्ने बैंकले जनाएको छ । यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुवैले लाभ लिन सक्ने बैंकले बताएको छ ।

यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामा भएको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरुले अटो रिक्साका चालकहरुलाई आवश्यक प्रशिक्षण समेत गरेका थिए ।

Esewa
Crest

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटर्वक अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभइ घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS