IME Life New

अझ मजबुद बन्दै : नेपाल लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

तोयानाथ पराजुली
एजेन्सी म्यानेजर, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी

बीमा कम्पनीहरुमध्ये ख्याती प्राप्त व्यासायिक घरानाहरुको लगानी रहको बीमा कम्पनी हो नेपाल लाईफ इन्स्योरेन्स कम्पनी । कम्पनी ऐन २०५३ तथा बीमा ऐन २०४९ अन्तर्गत २०५८ वैशाख २१ गते स्थापना भएको हो ।

सञ्चालनको छोटो अवधिमा नै आफूलाई व्यावसायिक कारोबारमा अब्बल साबित गरेको नेपाल लाईफले नेपालमा संचालित अन्य जीवन बीमा कम्पनीहरुमध्ये बीमा शुल्क आर्जन, महाविपत्ति कोष, जगेडा कोष साथै चुक्ता पुँजीको आधारमा अग्रस्थानमा उभ्याएको छ ।

Esewa
Crest

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तिय विवरण आउने क्रममा रहेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा गत वर्षको सोही अवधि भन्दा ८२.६९ प्रतिशतले मुनाफा बढाएको छ । पछिल्लो महिनामा गरेको व्यवसायको विस्तारमा नयाँ बीमा लेख र बीमा शुल्क आम्दानीका आधारमा नेपाल लाइफले बीमाकीय मुल्याङक्न सहित आउने मुनाफामा अझ् सशक्त छलाङ मार्ने स्पष्ट हुन्छ ।

आफ्नो चुक्ता पुँजी बीमा समितिको निर्देशन अनुरुप बढाइसकेको नेपाल लाइफको चुक्ता पुँजी मात्र ३ अर्व ९ करोड पुगिसकेको छ । साथ–साथै महाविपत्ति कोषमा पनि ३२ करोड ५३ लाख र जीवन बीमा कोषमा ४५ अर्व ६३ करोड संञ्चिति गरेको देखिन्छ । दास्रो त्रैमासमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको वित्तीय विवरण पस्केको नेपाल लाइफले तेस्रो त्रैमासमा अझ् उच्च आम्दानी गरेको बीमा लेखको संख्यामा भएको भारि वृद्धिबाट स्पष्ट हुन्छ ।

दोस्रो त्रैमासिक वित्तिय विवरणमा १० लाख ८० हजार जीवन बिमा लेख संख्या वृद्धि भई यो विवरण तयार पार्दासम्म १० लाख ९८ हजार पुगेको जानकारी प्राप्त भएको छ । करिब ८४ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको नेपाल लाइफले करिव २ अर्ब ४५ करोड दाबी भुक्तानी गरिसकेको जानकारी दिएको छ ।

मोवाइल एप्स सहित प्रिमियम क्यालकुलेटर प्रत्येक एजेन्टले सहजै प्रयोग गर्न सक्ने भएकाले एकातिर नयाँ अभिकर्तालाई काम गर्न सहज भएको छ भने अर्कोतर्फ कम्पनीले सुचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ ।

लगातार चौथो पटकसम्म वेष्ट म्यानेजमेन्ट अवार्डबाट पुरस्कृत भएको नेपाल लाईफ चुस्त आन्तारिक नियन्त्रण र वित्तीय अनुशासन कायममा पनि अग्रपंक्तिमा नै रहेको छ ।

पछिल्लो वित्तिय विवरणलाई आधार मान्दा १८.०६ रुपैया प्रतिशेयर आम्दानी रहेको नेपाल लाइफको २७५.९३ रुपैया प्रतिशेयर नेटवर्थ र १७४७ रुपैया प्रतिशेयर कुल सम्पत्तिको मुल्य रहेको देखिन्छ ।

(लेखक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजर तथा सामाजिक उत्प्रेरक हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS