IME Life New

अजोड इन्स्योरेन्सले गर्यो उत्साहजनक सुरुवात, १२ दिनमा २ करोड फाइदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गत आर्थिक वर्षको अन्तिम समय अषाढ २१ गते बिहिबारबाट औपचारिक रुपमा ब्यबसाय शुरु गरेको अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा मुनाफा २ करोड रुपैयाँ कमाएको छ । ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले जगेडा कोषमा ९० लाख रुपैयाँ र बीमा कोषमा १ करोड रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ३ करोड १६ लाख रुपैयाँ पुगेको छ भने खर्च १ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने कुल बीमा शुल्क २४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले ३३ वटा बीमालेख जारी गरेको छ। अजोड इन्स्योरेन्स कम्पनीको प्रति शेयर आम्दानी वार्षिक २ दशमलव ८७ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय २ दशमलव ८७ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १ सय ७ दशमलव १८ प्रतिशत रहेको छ ।

बिमा समितिबाट निर्जिबन बीमा ब्यबसाय इजाजत पाउने अजोड इन्स्योरेन्स १९ औ इन्स्योरेन्स कम्पनी हो, बीमा क्षेत्रमा थप नयाँ आयामका साथ उत्कृष्ट निर्जिबन बीमा सेवा दिने अठोट गरेको सहित निर्जिबन बीमा ब्यबसाय सुरु गरेको कम्पनीको मुख्य प्रबर्द्धकहरुमा भाटभटेनी समूह, हाथवे इन्भेष्टमेन्ट सम्बद्ध समूह तथा अम्बिका पौडेल, सेञ्चुरी कमर्सियल बैंक, रिअल स्टेट ब्यापारी कालु गुरुङ, पोखराको प्रतिष्ठित औद्योगिक घरना लक्ष्मी समूह र क्यालिबर इन्भेस्टमेन्ट कम्पनी रहेका छन् ।

Esewa
Crest

अजोड इन्स्योरेन्सको जारी पुँजी १ अर्ब रुपैयाँ रहेको छ, कम्पनीमा प्रवद्र्धकले ७० करोड रुपैयाँ लगानी गरिसकेका छन् भने ३० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्ने कम्पनीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS