IME Life New

अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि आइपीओ निष्काशन गर्ने, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५  गतेदेखि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँको ३० लाख कित्ता  आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये १ लाख २० हजार  कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार  कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारणलाई २७  लाख ३०  हजार  कित्ता जारी हुने इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सको आईपिओमा असार २५  गतेदेखि छिटोमा २९  गतेसम्म र ढिलोमा साउन ८  गतेसम्म आवेदन दिन पाइने जनाइएको छ। जसमा  न्यूनतम १० कित्ता  र अधिकतम १०,००० कित्ताको लागि आवेदन दिन  सकिन्छ। आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

Esewa
Crest

उक्त आइपीओलाई केयर नेपाल लिमिटेडले ग्रेड ४ रेटिङ दिएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष ७६/७७ को तेश्रो त्रैमाससम्म ३ करोड ५१ लाख खुद नाफा गर्न सफल भएको छ।  आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म कम्पनीले २ करोड ६० लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।

७० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ३ करोड ३३ लाख रुपैयाँ छ भने बीमा कोषमा ४ करोड ८१ लाख रुपैयाँ  छ।

तेश्रो त्रैमाससम्म अजोड इन्स्योरेन्सले १८ करोड ४९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २९ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो। यसरी खुद बीमा शुल्क आर्जन करिव दोब्बरले वृद्धि हुन सफल भएको छ।

नयाँ  कम्पनी  मध्ये अजोड इन्स्योरेन्स आइपीओ निस्काशन गर्ने पहिलो कम्पनी भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS