IME Life New

अग्राधिकार शेयरः प्राथमिक पुँजी कोष दबाबमा रहेका बैंकहरुलाई उत्तम विकल्प

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्राथमिक पुँजी कोषको न्यूनतम सीमा पनि कायम गर्न नसकेका वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले राहात दिएको छ। केन्द्रीय बैंकले अग्राधिकार शेयर जारी गरेर पुँजी कोष पुर्याउन सक्ने बाटो खुला गरेसँगै पुँजी कोष दबाबमा रहेका बैंकहरुलाई राहात मिलेको हो। यससँगै पुँजी कोषको दबाबले व्यवसाय विस्तार गर्न नसकेका वाणिज्य बैंकहरुले अग्राधिकार शेयरलाई विकल्पका रुपमा लिएका छन्।

पुँजी कोष दबाबमा रहेकामध्ये केही बैंकहरुले अग्राधिकार शेयर जारी गर्नका लागि राष्ट्र बैंकसँग अनुमति माग गरिसकेका छन्। ती बैंकले अग्राधिकार शेयर जारी गर्न अनुमति माग गर्दै केन्द्रीय बैंकमा निवेदनसमेत दर्ता गरिसकेका छन्।

Crest

पुँजी कोष दबाबमा रहेका नबिल बैंक र एनआईसी एसिया बैंकले अग्राधिकार शेयर जारी गर्न केन्द्रीय बैंकसँग अनुमति मागिसकेका छन्। वाणिज्य बैंकहरुले प्राथमिक पुँजी कोष अनुपात न्यूनतम ८.५ प्रतिशत कायम गर्नुपर्छ। तर, चालु आर्थिक वर्ष (आव)को चैत मसान्तसम्ममा नबिल बैंकको प्राथमिक पुँजी कोष ९.१ प्रतिशत र एनआईसी एसिया बैंकको ८.२५ प्रतिशत रहेको छ।

अहिलेसम्म नबिल बैंक र एनआईसी एसिया बैंकले ५–५ अर्ब रुपैयाँबराबरको शेयर जारी गर्न निवेदन दिएका छन्। जसमध्ये नबिलले गत चैतमै अनुमति मागेको हो। एनआईसी एसिया बैंकले भने चालु आवको मौद्रिक नीतिको तेस्रो समीक्षापछि अनुमति मागेको हो। अग्राधिकार शेयरमा नबिल बैंकले वार्षिक ८ प्रतिशत र एनआईसी एसिया बैंकले ८.५ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेका छन्। पुँजी कोष कम भएका यी दुई बैंक अहिले अग्राधिकार शेयर जारी गर्न राष्ट्र बैंकको स्वीकृतिको पर्खाइमा छन्।

राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरुले प्राथमिक पुँजी कोष अनुपात न्यूनतम ८.५ प्रतिशत कायम गर्नुपर्छ। पुँजी कोष अनुपात तोकिएभन्दा कम भएका बैंकलाई राष्ट्र बैंकले लाभांश वितरण गर्न रोक्छ।

२०८० चैतमा वाणिज्य बैंकहरुको औसत प्राथमिक पुँजी कोष अनुपात नै ९.६९ प्रतिशतमा झरेको छ। कुमारी र एनआईसी एशियाको पुँजी कोष अनुपात न्यूनतम मापदण्डभन्दा कम रहेको छ। कुमारी बैंकको पुँजी कोष ८.०३ प्र्रतिशत रहँदा एनआईसी एसिया बैंकको ८.२५ प्रतिशत हो। प्राथमिक पुँजी कोष अनुपात कायम नगर्दा राष्ट्र बैंकले एनआईसी एशियालाई आव २०७७।७८ र २०७८।७९ मा लाभांश वितरणमा रोकसमेत लगाएको थियो।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो समीक्षामा अग्राधिकार शेयर जारी गर्न अनुमति दिने संकेत गरेपछि बैंकहरु यसतर्फ आकर्षित भएको देखिएको छ। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले बैैंक तथा वित्तीय संस्थाको पुँजी कोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरण प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गर्ने उल्लेख गरेको थियो। जसको कार्यान्वयनका लागि राष्ट्र बैंकले बुधबारमात्रै निर्देशन जारी गरेको छ।

नेपालमा दुई कम्पनी एभरेष्ट बैंक र कृषि विकास बैंकले मात्र अग्राधिकार शेयर जारी गरेका छन्। एभरेष्ट बैंकको ७ प्रतिशत कन्भर्टेबल शेयर जारी गरेको थियो। अहिले त्यो शेयर सर्वसाधारणमा परिणत भइसकेको छ। यस्तै कृषि विकास बैंकको ५ अर्ब ४३ करोड रुपैयाँबराबरको अग्राधिकार शेयर छ ।

कुन बैंकको कति छ प्राथमिक पुँजी कोष अनुपात ?

चैत मसान्तसम्ममा सबैभन्दा धेरै प्राथमिक पुँजी कोष अनुपात स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ। यो बैंकको प्राथमिक पुँजी कोष अनुपात १३.९ प्रतिशत रहेको छ। यस्तै कृषि विकास बैंकको ११.३६ प्रतिशत प्राथमिक पुँजी कोष अनुपात रहँदा प्राइम बैंकको १०.४६ प्रतिशत रहेको छ।

यस्तै एभरेष्ट बैंकको प्राथमिक पुँजी कोष अनुपात १०.४६ प्रतिशत रहँदा राष्ट्रि«य वाणिज्य बैंकको १०.४३ प्रतिशत, नेपाल बैंकको १०.३८ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १०.३५ प्रतिशत र नेपाल एसबीआई बैंकको १० प्रतिशत प्राथमिक पुँजी कोष अनुपात रहेको छ।

अन्य ७ वाणिज्य बैंकको १० प्रतिशतभन्दा कम प्राथमिक पुँजी कोष अनुपात छ। जसमा ग्लोबल आइएमई बैंकको ९.९३ प्रतिशत प्राथमिक पुँजी कोष अनुपात रहँदा सानिमा बैंकको ९.८९ प्रतिशत, एनएमबि बैंकको ९.६८ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ९.४८ प्रतिशत रहेको छ। यस्तै सिद्धार्थ बैंकको प्राथमिक पुँजी कोष अनुपात ९.२३ प्रतिशत रहँदा सिटिजन्स बैंकको ९.१५ प्रतिशत र नबिल बैंकको ९.१ प्रतिशत रहेको छ।

बाँकी पाँच वाणिज्य बैंकको प्राथमिक पुँजी कोष अनुपात ९ प्रतिशतभन्दा तल रहेको छ। जसमध्ये हिमालयन बैंकको ८.८६ प्रतिशत, प्रभु बैंकको ८.८५ प्रतिशत, माछापुच्छ्रे बैंकको ८.८ प्रतिशत, एनआईसी एसिया बैंकको ८.२५ प्रतिशत र कुमारी बैंकको ८.०३ प्रतिशत प्राथमिक पुँजी कोष अनुपात रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS