IME Life New
GBIME

१७ दिनपछि बीमा कम्पनीले काठमाडौं प्रशासनबाट पाए पास

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना भाइरसको कारण गरिएको लकडाउनको १७ दिनमा बीमा कम्पनीहरुले पास पाएका छन् । लामो समयसम्मको रस्साकस्सीपछि जिल्ला प्रशासन कार्यालय काठामाडौंले आजबाट बीमा कम्पनीहरुलाई पास उपलब्ध गराउन थालेको छ । सरकारले अत्यावश्यक सेवा अन्तर्गत राखेको बीमा कम्पनीहरुलाई पास दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले आनाकानी गर्दै आएकोमा अर्थमन्त्रालयको पहलपछि बिहिवारदेखि पास दिन थालेको हो ।

बीमक संघका सचिव चंकी क्षेत्रीले सबै बीमा कम्पनीहरुलाई एक एक वटा पास दिने निर्णय भएको र आजैबाट पास उपलब्ध गराउन थालेको बताए । अर्थमन्त्रालय मातहत रहेको बीमा समितिले लिखित रुपमा काठमाडौं प्रशासन कार्यालयलाई पास उपलब्ध गराउन दुई पटक पत्राचार गर्दा समेत पास उपलब्ध हुन सकेको थिएन । अर्थमन्त्रालयले नै पहल गरेपछि बिहिवारदेखि पास वितरण सुरु भएको हो ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS