IME Life New

सरकारी अस्पतालको कायापलट गर्न बन्यो कार्यविधि, अस्पतालकै सुलभ फार्मेसी अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरूको सेवालाई जनमैत्री, पहुँचयोग्य र गुणस्तरीय बनाउने उद्देश्यले अस्पताल सेवा सुधार कार्यविधि, २०८२ जारी गरेको छ। मन्त्रीपरिषदको चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० कार्यसूची बमोजिम यो कार्यविधि ल्याइएको हो ।

नयाँ कार्यविधिले अस्पतालहरूमा हुने भीडभाड कम गर्न र सेवाग्राहीको समय बचत गर्न विशेष जोड दिएको छ। अब अस्पतालहरूले अनिवार्य रूपमा अनलाइन बुकिङ र रिपोर्ट वितरण प्रणाली लागू गर्नुपर्नेछ। साथै, भुक्तानी प्रणालीलाई सहज बनाउन क्युआर कोड र अनलाइन पेमेन्टको व्यवस्था गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

Esewa
Crest

अस्पतालमा गरिने प्रयोगशाला परीक्षण र रेडियो इमेजिङ  एक्स रे, आदिका रिपोर्टहरू सम्भव भएसम्म २४ घण्टाभित्र उपलब्ध गराउनुपर्नेछ। आकस्मिक सेवाका सन्दर्भमा, बिरामीसँग तत्काल पैसा नभए पनि उपचार रोक्न पाइने छैन । उपचार सेवा प्रदान गर्नु अस्पतालको अनिवार्य दायित्व हुनेछ।

स्वास्थ्यकर्मीहरूले सेवाग्राहीसँग नम्र र मर्यादित व्यवहार गर्नुपर्नेछ। बिरामीलाई म तपाईलाई के सहयोग गर्न सक्छु ? भन्ने संस्कृतिको विकास गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। यदि कुनै कर्मचारीले रूखो व्यवहार गरेको पाइएमा उसलाई कार्यसमयपछि एक घण्टाको सफ्ट स्किल सेसनमा अनिवार्य सहभागी गराइनेछ।

प्रत्येक सरकारी अस्पतालले आफ्नै सुलभ फार्मेसी  सञ्चालन गर्नुपर्नेछ। चिकित्सकहरूले औषधि सिफारिस गर्दा अस्पतालको फार्मेसीमा उपलब्ध औषधिको सूची हेरेर मात्र प्रेस्क्रिप्सन लेख्नुपर्ने व्यवस्था गरिएको छ । साथै, अस्पतालको कार्यालय समयमा औषधि बिक्री प्रवर्द्धकहरूलाई प्रवेश निषेध गरिएको छ।

अस्पतालको सरसफाई सुनिश्चित गर्न दैनिक कार्यतालिका र चेकलिस्ट बनाएर कार्यान्वयन गर्नुपर्नेछ। सेवाग्राही झुक्किन नदिन अस्पतालका विभिन्न विभाग जाने बाटोमा नेपाली भाषामा संकेत र रङ्गीन चिन्ह सहितको नेभिगेसन प्रणाली राख्नुपर्नेछ।

सेवाग्राहीको पृष्ठपोषण लिन क्युआर कोड सहितको सुझाव तथा प्रतिकृया प्रणाली र प्रत्येक विभागको प्रवेशद्वारमा इलेक्ट्रोनिक मुड चार्ट राखिनेछ। प्राप्त गुनासोहरूलाई अस्पताल प्रमुखले तत्काल सम्बोधन गरी सुधार गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS