IME Life New

हिमालयन रिले लगानी बढाउँदा नेपाल रिको घट्यो, कुन क्षेत्रमा कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल दुईवटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्। एउटा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र अर्को निजी क्षेत्रबाट प्रवद्र्धित हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि) रहेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।८२को चौथो त्रैमाससम्मको तथ्यांकअनुसार यी दुवै पुनर्बीमा कम्पनीले विभिन्न क्षेत्रमा ४१ अर्ब २ करोड ६५ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्ष २०८०।८१ मा यी दुवै कम्पनीले विभिन्न क्षेत्रमा ३८ अर्ब ५६ करोड ४८ लाख रुपैयाँ लगानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ६.३९ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा नेपाल रिको २० अर्ब ७२ करोड ४८ लाख रुपैयाँ र हिमालयन रिको २० अर्ब ३० करोड १६ लाख रुपैयाँ लगानी रहेको छ। अघिल्लो वर्ष नेपाल रिको २० अर्ब ७८ करोड ७० लाख रुपैयाँ र हिमालयन रिको १७ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ लगानी थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा नेपाल रिको लगानी ०.३० प्रतिशतले घटेको छ भने हिमालयन रिको १४.२० प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा यी दुवै पुनर्बीमा कम्पनीको लगानीको ठूलो हिस्सा बैंकहरुको मुद्दति निक्षेपमा देखिएको छ। दुवै पुनर्बीमकले बैंकहरुको मुद्दति निक्षेपमा २९ अर्ब ४९ करोड ८८ लाख रुपैयाँ लगानी गरेका छन्। कुल लगानीमा मुद्दति निक्षेपको हिस्सा ७१.९० प्रतिशत रहेको छ।

गत आर्थिक वर्षमा नेपाल रिले क वर्गको बैंकमा १४ अर्ब ८२ करोड ४० लाख रुपैयाँ, पूर्वाधार बैंकमा २६ करोड रुपैयाँ, ख वर्गका विकास बैंकमा १ अर्ब ८६ करोड रुपैयाँ र ग वर्गको वित्तीय संस्थामा ४० करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी रहेको छ।

नेपाल रिले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ९ करोड ४७ रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ४१ करोड १३ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा १२ करोड ९ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा ५९ करोड ६५ लाख रुपैयाँ, सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा ५० करोड ७२ लाख रुपैयाँ र अन्य क्षेत्रमा ६५ करोड रुपैयाँ लगानी गरेको छ।

उता हिमालयन रिले क वर्गका बैंकहरुको मुद्दति निक्षेपमा १२ अर्ब १५ करोड ४ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको शेयरमा ५ अर्ब १८ करोड ९३ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ८ करोड २१ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ६० लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा १ अर्ब ५ करोड रुपैयाँ, अन्य संस्थापक शेयरमा २२ करोड ५० लाख रुपैयाँ र अन्य क्षेत्रमा ४७ करोड रुपैयाँ लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS