IME Life New

के प्राधिकरणको पुनर्बीमा निर्देशिकाले स्वदेशमै पुनर्बीमा दलाल उत्पादनमा सघाउला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलाल कम्पनीलाई नेपालभित्र अनिवार्यरूपमा कार्यालय सञ्चालनमा ल्याउनुपर्ने व्यवस्था गरेको छ।

प्राधिकरणले पहिलो पटक १४ महिना अघि ‘बीमकको पुनर्बीमा निर्देशिका २०८०’ जारी गर्दा विदेशी पुनर्बीमा दलाललाई ६ महिनाभित्र नेपालमा कार्यालय सञ्चालनमा ल्याउन समय सीमा तोकेको थियो।

Esewa
Crest

अधिकांश विदेशी पुनर्बीमा दलाल कम्पनीले प्राधिकरणको निर्देशन टेरेनन्, प्राधिकरणसँग समय सीमा थप्न निवेदन समेत दिएनन् । यसबीचमा प्राधिकरणले शुक्रबार निर्देशिकाको पहिलो संशोधन जारी गर्दै आगामी पुस मसान्तसम्ममा कार्यालय सञ्चालनमा ल्याउने समय सीमा थपिदिएको छ।

बीमकको पुनर्बीमा निर्देशिका, २०८० जारी भएको ६ महिना अर्थात २०८० मंसिर महिनाभित्रै पुनर्बीमा दलाल विदेशी कम्पनीले नेपालमा कार्यालय सञ्चालनमा ल्याई सक्नुपर्ने थियो। तर दुईवटा बाहेक अरू कम्पनीले ल्याएनन् ।

प्राधिकरणमा कुल ५४ वटा विदेशी पुनर्बीमा दलाल कम्पनी सूचीकृत भएपनि युआइबी एशिया रिइन्स्योरेन्स ब्रोकर र सिनर्जी रि(लबुआन) लिमिटेडले मात्र कार्यालय सञ्चालनमा ल्याएका छन् ।

स्वदेशी बीमा बजारको आकार बढ्दै गएसँगै स्वदेशमै पुनर्बीमा दलालका लागि दक्ष जनशक्ति उत्पादनमा योगदान गर्न मद्दत गर्ने उद्देश्यले प्राधिकरणले विदेशी पुनर्बीमा दलालको कार्यालय अनिवार्यरूपमा सञ्चालनमा ल्याउनुपर्ने निर्देशन जारी गरेको हो।

प्राधिकरणले विदेशी पुनर्बीमा दलालले नेपालमा शाखा कार्यालय, सम्पर्क कार्यालय वा संयुक्त लगानीमा कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था गरेको छ।

विदेशी पुनर्बीमा दलालले यहाँ कार्यालय सञ्चालन गर्दा प्रमुख कार्यकारी अधिकृत, सूचना प्रविधि अधिकृत बाहेक अन्य जनशक्ति स्थानीय बजारबाटै आपूर्ती गर्नुपर्नेछ। प्राधिकरणले विदेशी पुनर्बीमा दलालको प्रत्यक्ष सुपरिवेक्षणमा नेपालीले पनि पुनर्बीमा दलाल सम्बन्धि सेवामा दक्षता हासिल गरून् र स्वदेशमै पर्याप्त दक्ष जनशक्ति उपलब्ध हुन सकोस् भन्ने उद्देश्यले नीतिगत प्रावधानबाटै बाध्य बनाउने उद्देश्य लिएको देखिन्छ।

एउटा पुनर्बीमा दलालले कार्यालय सञ्चालनका लागि मासिक बहाल १ लाख, कर्मचारी खर्च ५ लाख, व्यवस्थापन खर्च ५० हजार सहित मासिक कम्तीमा ६ देखि ७ लाख रूपैयाँ खर्चिनुपर्ने अवस्था हुन्छ। यो आधारमा वर्षमा झण्डै ८० देखि ९० लाख रूपैयाँ न्यूनत्तम खर्च हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS