IME Life New

इक्रा नेपालले किन लियो हिमालयन रिइन्स्योरेन्सको ‘इस्युअर रेटिङ’ फिर्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले निजी क्षेत्र प्रवर्द्धित पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ‘इस्युअर रेटिङ’ फिर्ता लिएको छ।

हिमालयन रि इन्स्योरेन्सले रेटिङ फिर्ता लिनका लागि गरेको अनुरोध पछि रेटिङ फिर्ता लिइएको इक्रा नेपालले विज्ञप्तीमार्फत् जानकारी दिएको छ। इक्रा नेपालले एक वर्ष अघि २०२४ जुलाईमा जारी गरेको इस्युअर रेटिङमा हिमालयन रिइन्स्योरेन्सले ‘इक्राएनपि आइआर ए’ प्राप्त गरेको थियो।

Esewa
Crest

यो पुनर्बीमा कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनत्तम चुक्ता पूँजी कायम गर्नका लागि अपुग रकम जुटाउन प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनका लागि ‘इस्युअर रेटिङ’ गराएको थियो।

धितोपत्र नियमावलीको प्रावधान अनुसार, पूँजी जुटाउनका लागि सार्वजनिक शेयर निष्काशन गर्ने कम्पनीले यस्तो निष्काशन गर्नुपूर्व अनिवार्यरूपमा क्रेडिट रेटिङ एजेन्सीमार्फत वित्तीय सबलता मूल्याङ्कन गराउनुपर्छ। यस्तो मूल्याङ्कनले सम्बद्ध कम्पनीको वित्तीय अवस्था कस्तो छ ? पूर्व निर्धारित वित्तीय दायीत्वहरू तोकिएको समयमै पुरा गर्न सक्छ वा सक्दैन ? व्यवसायीक चुनाैतीहरू र संभावना के छन् भन्ने बारे जानकारी लिन सर्वसाधारणलाई सहज बनाउँछ।

हकप्रद शेयर निष्काशनको सम्बन्धमा पूर्व स्वीकृति नलिएको भन्दै बीमा नियामक नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्सलाई हकप्रद शेयर सम्बन्धित प्रकृया स्थगन गर्न निर्देशन दिएको थियो। प्राधिकरणको निर्देशनपछि हकप्रद शेयर निष्काशनको प्रकृया ठप्प छ।

इक्रा नेपालका अनुसार, हिमालयन रिइन्स्योरेन्सको अनुरोधका आधारमा, क्रेडिट मूल्याङ्कन नियमावली, २०११ अनुसार मूल्याङ्कन फिर्ता लिइएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS