IME Life New

किन घट्न थाल्यो एसियाली पुनर्बीमा कम्पनीहरुको प्रिमियम दर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अनिश्चितताबीच सावधानीपूर्वक अगाडि बढ्ने क्रममा बढ्दो प्रतिस्पर्धाका कारण एसिया प्रशान्त क्षेत्रका पुनर्बीमा कम्पनीहरुको प्रिमियम दर घट्न थालेको छ। यही कारणले एसिया प्रशान्त क्षेत्रका पुनर्बीमा कम्पनीहरुका लागि बीमा अनुशासन कायम राख्नु महत्वपूर्ण रहेको देखिएको छ।

एसएन्डपी ग्लोबल रेटिङ्सको पछिल्लो प्रतिवेदन ‘एसिया प्रशान्त पुनर्बीमा क्षेत्र अपडेट’ यस्तो उल्लेख गरिएको हो। ‘विश्वव्यापी कम्पनीहरुको तुलनामा एसिया प्रशान्त क्षेत्रको बीमा मार्जिन दबाबमा आउने देखिन्छ’, एसएन्डपी क्रेडिट विश्लेषक तृप्ति कुलकर्णीले भनिन्, ‘एसिया प्रशान्त पुनर्बीमा कम्पनीहरु र विश्वव्यापी कम्पनीहरु बीच बीमा मार्जिनको खाडल आगामी २ वर्षमा अझ साँघुरो हुने सम्भावना छ।’

Esewa
Crest

यसको बाबजुद जोखिम चयन सुधार गर्न निरन्तर प्रयास र सपोर्टिभ डोमेस्टिक बुकले व्यापक रुपमा स्थिर बीमा मार्जिनलाई समर्थन गर्न मद्दत गर्ने कुलकर्णीले बताइन्। प्रतिवेदनअनुसार यस क्षेत्रले अपर्याप्त पुनर्बीमा क्षमता र वैकल्पिक पुँजीको बढ्दो उपलब्धताबाट बढ्दो चुनौतीहरुको सामना गरिरहेको छ। ‘यसले प्रिमियम दरहरु कम गर्नेछ’, प्रतिवेदनमा भनिएको छ।

एसएन्डपीले विपत्ति घाटा र पुँजी बजार अस्थिरता प्रमुख जोखिम रहेको जनाएको छ। ‘यी दबाबका बाबजुद यस क्षेत्रका पुनर्बीमा कम्पनीहरुलाई बलियो घरेलु बजार अवस्था, विविध व्यावसायिक पोर्टफोलियो र ठोस पुँजीकरणले समर्थन गरेको छ’, प्रतिवेदनमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS