IME Life New

नेप्सेमा १ खर्बमाथि बजार पुँजीकरण नाघेका कम्पनी कुन-कुन? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये १ खर्ब रुपैयाँभन्दा बढी बजार पुँजीकरण कायम गर्न सफल ६ वटा कम्पनीहरूले नेप्सेमा आफ्नो बलियो पकड कायम राखेका छन् । उपलब्ध तथ्याङ्कअनुसार यस सूचीको पहिलो स्थानमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । जसको कुल बजार पुँजीकरण १ खर्ब ६३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी दोस्रो स्थानमा विशाल बजार कम्पनी १ खर्ब ५९ अर्ब ५१ करोड रुपैयाँसहित कायमै रहँदा वाणिज्य बैंकहरूको तर्फबाट नबिल बैंक १ खर्ब ५० अर्ब २० करोड रुपैयाँको बजार मूल्यसहित तेस्रो स्थान ओगट्न सफल भएको छ।

यसै क्रममा नागरिक लगानी कोष १ खर्ब १८ अर्ब ८ करोड रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनी १ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँ र एभरेष्ट बैंक १ खर्ब ८५ करोड रुपैयाँ बराबरको बजार पुँजीकरणसहित १ खर्ब क्लबभित्र आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् । यी शीर्ष ६ कम्पनीहरूको संयुक्त बजार पुँजीकरण मात्रै झन्डै ८ खर्ब रुपैयाँको हाराहारीमा पुग्दछ। 

Esewa
Crest

नेपालको शेयर बजार मापक परिसूचकको गणना विधि बजार पुँजीकरणमा पूर्ण रूपमा आधारित हुने भएकाले यी कम्पनीहरूको शेयर मूल्यमा आउने सानोभन्दा सानो फेरबदलले पनि दैनिक परिसूचकको उतारचढावलाई सीधै नियन्त्रण र प्रभावित गर्दछ।  यसरी बजारमा अत्यधिक भार बोकेका यी संस्थाहरूको मूल्य स्थायित्व, नाफा वितरणको क्षमता, संस्थागत सुशासन र वित्तीय नतिजाले आम लगानीकर्ताको मनोबललाई प्रत्यक्ष प्रभाव पार्ने गर्दछ। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS