काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०८२’को प्रारम्भिक मस्यौदा तयार पारेको छ।
धितोपत्र बोर्डले प्रारम्भिक मस्यौदामा रायसुझाव पेस गर्न सरोकारवालालाई आग्रह गरेको छ। सरोकारवालाले ७ दिनभित्र [email protected] मा रायसुझाव पठाउन सक्नेछन्।
प्रारम्भिक मस्यौदामा मार्जिन कारोबार योग्य कम्पनीका लागि ५ वटा व्यवस्था धितोपत्र बोर्डले तय गरेको छ। जसमा कम्पनीको कम्तीमा ५० लाख कित्ता शेयर सूचीकृत भएको हुनुपर्नेछ।
यसैगरी नेटवर्थ चुक्तापुँजीबराबर र सोभन्दा बढी भएको, पछिल्लो ३ वर्षमा २ वर्ष लाभांश वितरण गरेको, आइपीओ जारी भएको शेयर सूचीकरण भएको कम्तीमा २ वर्ष पूरा भएको र धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पूरा भएका कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य हुने प्रस्ताव मस्यौदामा गरिएको छ।
margin
















