IME Life New
GBIME

कुन बैंकले कति ब्याजदरमा दिइरहेका छन् शेयर धितो कर्जा ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चैत महिनामा अधिकांश बैंकहरुको शेयर धितो कर्जाका लागि तोकिएको अधिकतम ब्याजदर नै एकल अंकमा छ। न्यूनतम र अधिकतम दुवै ब्याजदर एकल अंकमा हुँदा लगानीकर्ता शेयर धितो कर्जामा आकर्षित भएका छन्।

बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम धेरै हुँदा शेयर बजारका लगानीकर्तालाई सहज भएको छ। बैंकबाट सस्तो ब्याजदरमा शेयर धितो कर्जा लिएर शेयर बजारमा लगानी गर्नेहरुको संख्या बढ्दै गएको देखिएको छ।

Crest

धेरै बैंकहरुले बैंकको आधारदरमा २ प्रतिशत हाराहारी प्रिमियम जोडेर शेयर बजारमा लगानी गर्न कर्जा दिइरहेका छन्। पछिल्लो समय बैंकहरुको आधारदर घट्दै गएको छ। जसले गर्दा ब्याजदर घट्न सहज भइरहेको छ। त्यसको असर कर्जाको ब्याजदरमा परिरहेको हो।

पाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मार्जिन प्रकृतिको कर्जा २७.८ प्रतिशतले बढेर १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्ममा यस्तो कर्जा ८५ अर्ब १७ करोड रुपैयाँ मात्रै विस्तार भएको थियो।

अर्थतन्त्रको सुस्तता चिर्न नसक्दा निजी क्षेत्रले कर्जाको माग बढाउन सकिरहेको छैन। घरजग्गा तथा अन्य क्षेत्रमा पनि अपेक्षित गतिमा कर्जा बढाउन सकिएको छैन। तर, शेयर बजारमा पनि लचिलो नीतिका कारण पनि लगानीको वातावरण बन्दै गएको छ।

अहिले शेयर बजारमा कर्जा लिएर कारोबार गर्नेको संख्या पनि बढ्दै गएको बजारका जानकार बताउँछन्। अहिले अवस्था सहज भए पनि गभर्नर नियुक्तिको समय र चैत मसान्तको दबाब भएका कारण धेरै लगानीकर्ता शेयर बजारमा प्रवेश गरिसकेका छैनन्। आगामी महिनामा शेयर बजारमा कर्जा लिएर लगानी गर्नेको संख्या झनै बढ्ने उनीहरुको भनाइ छ।

चैतको ब्याजदरअनुसार लगानीकर्तालाई सबैभन्दा सस्तो ब्याजमा शेयर धितो कर्जा राष्ट्रिय वाणिज्य बैंकले दिइरहेको छ। यो बैंकले शेयर धितो कर्जाका लागि ब्याजदर न्यूनतम ६.२८ प्रतिशत र अधिकतम ७.२८ प्रतिशत कायम गरेको छ। यस्तै एभरेस्ट बैंकले न्यूनतम ६.४६ प्रतिशतदेखि अधिकतम ८.४६ प्रतिशतसम्म ब्याजदरमा शेयर कर्जा दिइरहेको छ।

लगानीकर्ताले कृषि विकास बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जा थोरैमा ६.५२ प्रतिशत र बढीमा ८.५२ प्रतिशत ब्याजदरमा दिइरहेको छ।

यस्तै ग्लोबल आइएमई बैंकले न्यूनतम ६.५६ र अधिकतम ९.०६ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा दिँदा सिद्धार्थ बैंकले ६.६९ प्रतिशतदेखि ९.९४ प्रतिशतसम्म, सिटिजन्स बैंकले ६.९५ देखि १०.४५ प्रतिशतसम्म शेयर कर्जा दिइरहेको छ।

प्राइम कमर्सियल बैंकसहित १० वटा बैंकले शेयर कर्जाको न्यूनतम ब्याजदर ७ प्रतिशत देखि ८ प्रतिशतभन्दा कम कायम गरेका छन्।

जसमध्ये प्राइमले ७ प्रतिशतदेखि १२ प्रतिशतसम्म शेयर कर्जा दिँदा नबिल बैंकले ५० लाख रुपैयाँभन्दा कम कर्जाका लागि ७.०५ प्रतिशतदेखि ९.०५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। नबिल बैंकले ५० लाख रुपैयाँभन्दा माथिको कर्जाका लागि न्यूनतम ७.०५ प्रतिशतदेखि अधिकतम ८.८० प्रतिशत ब्याजदर कायम गरेको छ।

यस्तै माछापुच्छ्रे बैंकले ७.१८ देखि ९.१८ प्रतिशत, हिमालयन बैंकले ७.३८ देखि ९.३८ प्रतिशत, नेपाल बैंकले ७.४६ देखि ९.४६ प्रतिशत, एनएमबी बैंकले ७.५९ देखि ९.५९ प्रतिशत, सानिमा बैंकले ७.६० देखि ९.६० प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ७.७५ देखि ९.७५ प्रतिशतसम्म र नेपाल एसबीआई बैंकले ७.८५ देखि ९.८५ प्रतिशतसम्ममा शेयर कर्जा दिइरहेको छ।

चैतमा एनआईसी एसिया बैंकले प्राइम प्रकृतिको शेयर कर्जा ७.४१ देखि ९.४१ प्रतिशतसम्म र स्ट्यान्डर्ड प्रकृतिको शेयर कर्जा न्यूनतम ८.४१ प्रतिशतदेखि अधिकतम १०.४१ प्रतिशत ब्याजदरमा दिइरहेको छ। यस्तै कुमारी बैंकले न्यूनतम ९.२४ प्रतिशतदेखि अधिकतम १०.९ प्रतिशत, हिमालयनले ९.३८ देखि १०.८८ प्रतिशत र प्रभु बैंकले ९.४३ देखि ११.४३ प्रतिशतसम्म ब्याजदरमा शेयर कर्जा दिइरहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS