IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार झिनो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ०.३१ अंकले बढेर २५४४.९१ को विन्दुमा उक्लिएको हो।

यो दिन नेप्से उपसमूहमा रहेका ७ वटा उपसमूह बढेका छन् भने ६ वटा घटेका छन्। आज व्यापार समूह सर्वाधिक ०.७९ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूह सर्वाधिक ०.४६ प्रतिशतले घटेको छ।

Crest

आज बजारमा १२३ कम्पनीको शेयरभाउ बढेको छ भने १२४ कम्पनीको घटेको छ। यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब साढे ३ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन पावर पार्टनरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन पावर पार्टनरः १६ करोड ८० लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १३ करोड ९१ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १३ करोड ३० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १३ करोड ५ लाख रुपैयाँ
  • साहास ऊर्जाः १२ करोड २३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ९ करोड ५१ लाख रुपैयाँ
  • राधी विद्युतः ९ करोड ३४ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ८ करोड ३६ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ८ करोड १६ लाख रुपैयाँ
  • पिपुल्स पावरः ७ करोड ९८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS