काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सिक्लेस हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस शेयर समायोजन भएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपछि कम्पनीको शेयरमूल्य ५७३ रुपैयाँ ९१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ६६० रुपैयाँका आधारमा शेयरमूल्य समायोजन गरेको हो।
यही समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

















