काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३२ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३२ सय २० रुपैयाँमा किनबेच भएको थियो।

















