IME Life New

बैंकिङमा नेशनल लाइफको सशक्त प्रवेशसँगै समग्र बीमा क्षेत्रमा कस्तो प्रभाव ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले हिमालयन बैंकको थप १२.९३ प्रतिशत संस्थापक शेयर पाकिस्तानी शेयरधनी हबिब बैंकसँग खरिद गरेर नेपालको बीमा उद्योगमा इतिहास रचेको छ।

यो शेयर स्वामित्व ग्रहणसँगै नेशनल लाइफ हिमालयन बैंकमा १३.८१ प्रतिशत शेयर सहित सर्वाधिक ठूलो संस्थापकको हैसियत प्राप्त गरेको छ भने हिमालयन बैंकको विदेशी साझेदार बाहिरिएर स्वदेशी पकड अझै बलियो बनेको छ।

Crest

संस्थापक र साधारण शेयर सहित इन्स्योरेन्सले कुल १४.१८ प्रतिशत स्वामित्व ग्रहण गरेको छ। नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार, बैंक तथा वित्तीय संस्थामा कुनै एक शेयरधनीको नाममा साधारण र संस्थापक समेत गरी कुल १५ प्रतिशत सम्म शेयर स्वामित्व ग्रहण गर्न पाउने व्यवस्था छ।

बीमा क्षेत्रका जानकारहरूले यो लगानीले शेयर स्वामित्व ग्रहण मात्र नभएर रणनीतिक लाभहरू पनि दिलाएको टिप्पणी गरेका छन् । हिमालयन बैंकको शेयर खरिद गरेर नेशनल लाइफले लगानी विविधिकरण गरेको र एउटा नयाँ अवसर पाएको छ। विशुद्ध जीवन बीमकका रूपमा मात्र नभएर बैंक प्रवर्द्धकका रूपमा पनि पहिचान थपिएको छ।

बैंकको ठूलो शेयर स्वामित्व अधिग्रहणसँगै नेपाली बीमकहरू एउटा नयाँ पहिचान स्थापित गरेको छ, उदीयमान संस्थागत लगानीकर्ता। यसले अन्य बीमकलाई पनि बैंक वित्तीय संस्थामा लगानी थप्न प्रेरित गर्न सक्छ।

बीमितलाई लाभः

नेपाली जीवन बीमकहरूले बीमितलाई गरेको प्रतिबद्धता पुरा गर्न औसत ६ प्रतिशतको प्रतिफलको अपेक्षा गरिएको हुन्छ। पछिल्लो समयमा संस्थागत लगानीकर्ताका लागि मुद्दती निक्षेपको ब्याज दर समेत ४ प्रतिशत भन्दा मुनी झरेपछि शेयर पूँजी लगानीतर्फ बीमा कम्पनीहरू आकर्षित हुँदै गएका छन्।

जीवन बीमा कोषको एउटा अंश, सिभिल बैंकसँग मर्जर अघिसम्म आर्थिक वर्ष २०७८।७९ सम्म दोहोरो अंकमा लाभांश वितरण गर्दै आएको हिमालयन बैंकमा लगानी गरेर नेशनल लाइफले लगानीमाथिको प्रतिफल आम्दानी बढाउने अपेक्षा गरेको छ।

नेशनल लाइफले गत आवमा मुद्दती निक्षेपसँगै विभिन्न क्षेत्रमा गरेको लगानीबाट मात्रै कुल ५ अर्ब ८४ करोड रूपैयाँ प्रतिफल प्राप्त गरेको थियो।

बैंकिङ क्षेत्रमा थपिएको लगानीले प्रतिफल बढ्दा नेशनल लाइफले बीमितलाई अझै बढी बोनश र सुनिश्चित प्रतिफल दिन सक्षम हुनेछ। हिमालयन बैंकले दिने प्रतिफल बढ्दा नेशनल लाइफका बीमितले पनि अझै राम्रो बोनश प्राप्त गर्नेछन्।

शेयरधनीका लागि फाइदाः

नेशनल लाइफका शेयरधनीले पनि यो लगानीबाट लाभ लिन पाउनेछन् । बैंकमा लगानीको खबर सार्वजनिक हुने बित्तिक्कै शेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको छ।आइतबार नेपाल स्टक एक्सचेञ्जमा नेशनल लाइफको शेयर मूल्य ४.१ प्रतिशतले बढेर प्रति कित्ता ६३७ रूपैयाँमा कारोबार भएको छ।

यो कारोबारले लगानीकर्ताहरू नेशनल लाइफबाट प्रतिफल प्राप्त हुनेमा आशावादी रहेको संकेत गर्छ।

नेशनल लाइफको वित्तीय सबलताः

बजार हिस्साको हिसाबले नेशनल लाइफ दोश्रो ठूलो जीवन बीमक हो। गत आवमा यसले २१ अर्ब ४७ करोड रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो।

यसको जीवन बीमा कोषको आकार ८९ अर्ब ९१ करोड रूपैयाँ पुगेको छ। यसले ६८ अर्ब ८९ करोड रूपैयाँ दीर्घकालीन मुद्दती निक्षेप र ७ अर्ब २० करोड रूपैयाँ अल्पकालीन लगानी गरेको छ। यो इन्स्योरेन्सले समग्रमा ९० अर्ब रूपैयाँ बराबरको सम्पत्ति व्यवस्थापन गरिरहेको छ।

जीवन बीमकको लगानी निर्देशिका अनुसार, नेशनल लाइफले झण्डै १३ अर्ब रूपैयाँ सूचीकृत कम्पनीको शेयरमा लगानी गर्न सक्छ। हिमालयन बैंकमा यसको लगानी अब ३ अर्ब ३० करोड रूपैयाँ पुगेको छ।

उच्च प्रतिफलको सुरक्षित लगानीः

उच्च प्रतिफलको लामो इतिहास रहेको हिमालयन बैंकमा लगानी गरेर नेशनल लाइफले यसको समग्र प्रतिफल आम्दानी बढाउने रणनीति लिएको देखिन्छ।

बैंकको १ वर्षे मुद्दती निक्षेपको ब्याज दर ३ देखि ४ प्रतिशतमा सीमित भइरहेका बेला सुरक्षित लगानीको विकल्पको खोजीमा बीमा कम्पनीहरू लागि रहँदा नेशनल लाइफले हिमालयन बैंकको शेयर स्वामित्व हात पार्न सफल भएको हो।

आव २०७९।८० देखि लगातार लाभांश घोषणा गर्न नसकेको यो बैंकले गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनसँगै मुनाफा बढाएको अवस्थामा नेशनल लाइफले छोटो अवधिमै बैंकको मुद्दती भन्दा बढी प्रतिफल प्राप्त गर्ने संभावना छ।

सरोकारवालाहरूले हिमालयन बैंकले आफ्नो नयाँ शेयर संरचना अन्तर्गत कस्तो प्रदर्शन गर्छ – र यो सम्झौता वास्तवमै नेपालको जीवन-बीमा क्षेत्रको लागि कोसेढुङ्गा बन्छ कि बन्दैन भन्ने नतिजा पर्खिनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS