IME Life New

बीमा कम्पनीमा बीमा दाबी व्यवस्थापन प्रणाली भनेको के हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुनै पनि बीमा कम्पनीले गर्न सक्ने सबैभन्दा उत्कृष्ट विज्ञापन “हामी विज्ञापन गर्दैनौं, हामी दाबी भुक्तानी गर्छाै!” भन्दा शायद अरू कुनै विज्ञापन हुन सक्ला। बीमितले बीमालेखको शर्त अनुसार कुनै दाबीको निवेदन दिएको अवस्थामा यथाशिघ्र भुक्तानी फर्छ्याैट गर्नु नै बीमकको उत्कृष्टताको उचित परिचय हुन्छ।

दाबी भुक्तानी दिनु भनेको ग्राहकलाई जारी गरिएको बीमालेखको शर्त अनुसारको भुक्तानी दिनु हो, यसले बीमितलाई कुनै अप्रत्याशित नोक्सानीको घटनामा आर्थिकरूपमा राहत दिन्छ र उनीहरू साबिककै अवस्थामा रहेर जीवन यापन तथा व्यापार व्यवसाय सञ्चालन गर्न सक्षम हुन्छन् ।

Esewa
Crest

कुनै पनि बीमितले बीमा गर्नुको पछाडी एउटै उद्देश्य हुन्छ, बीमालेखको बहन गरेको कुनै पनि अप्रत्याशित घटना भएका बेला बीमा कम्पनीले तुरून्तै दाबी भुक्तानी देओस् । बीमितको लागी दाबी भुक्तानी छिटो,सहज र पर्याप्त रकम भुक्तानी पाउनु नै बीमा कम्पनीले दिन सक्ने उत्कृष्ट सेवा हो ।

ठूला व्यापारिक ग्राहकले बीमा कम्पनीसँग दलाल मार्फत वा सिधै कम्पनीमा बीमाका लागि सम्पर्क गर्न सक्छ। त्यसपछि यो दलाल हुन सक्छ जसको, वास्तवमा, बीमा कम्पनीसँग मुख्य कारोबार हुन्छ। जे होस्, बीमा दलालले निश्चित रूपमा ग्राहकलाई बीमा कम्पनीसँगको कुनै पनि असन्तुष्टिको बारेमा जानकारी गराउनेछ, यसरी
ग्राहकको तुलनामा बीमा कम्पनीको प्रतिष्ठा धेरै सान्दर्भिक रहन्छ।

जब कुनै बीमितले पहिलो पटक कुनै विपत्ति भोग्छ, उसलाई क्षतिपूर्ती दाबीका लागि के गर्ने वा कहाँ जाने भन्ने थाहा नहुन सक्छ। विपत्ती पर्दा दाबी क्षतिपूर्ती पाइने सुनेका उसले बीमकसमक्ष दाबी गर्नु अघि बीमालेखको कागज पत्र पल्टाउँछन् । शायद, उसले आफ्नो बीमालेखका शर्तहरू राम्ररी पढेको यो नै पहिलो पटक हुन सक्छ। “दाबीको घटनामा के गर्ने” शीर्षकमा बीमालेखमा दिइएको शर्त र अवस्थाहरू बीमितले व्यहोरेको क्षतिको पूर्ती गर्ने शुरूवात हुन सक्छ वा शर्तमा समावेश नभएको जोखिमका कारण क्षति भएको रहेछ भने त्यस्तो अवस्थामा बीमितले पहिले नै भोगेको प्रकोपमा झनै पीडा थप्ने अवस्था हुन सक्छ।

दाबी व्यवस्थापन के हो?

दाबी व्यवस्थापनले कम्पनीद्वारा जोखिम बहन गरिएका विभिन्न प्रकृतीका जोखिमको दाबीहरूसँग व्यवहार गर्न कुशल र लागत प्रभावी समाधान प्रदान गर्न प्रकृयाहरू र नियन्त्रणहरू बुझाउँछ।

दाबी व्यवस्थापनमा “दाबीको घटनामा के गर्ने” भन्ने जिज्ञासाको उत्तरबाट शुरू हुन्छ। बीमितले बीमकसँग बीमा दाबीबारे आवश्यक जानकारीको लागि कम्पनीलाई सजिलैसँग सम्पर्क गर्न सक्छ भनी सुनिश्चित गरिएको हुन्छ। उनीहरूलाई आश्वस्त पार्न र दाबी प्रकृयाबारे जानकारी दिन जिम्मेवार कर्मचारीद्वारा उपयुक्त परामर्श दिइन्छ। उनीहरूलाई दाबी प्रकृयाबारे विस्तृतरूपमा जानकारी दिने, क्षति कम गर्न र बीमालेख अन्तर्गत बाँकी क्षतिपूर्ति प्राप्त गर्न आवश्यक उपायबारे जानकारी गराइन्छ।

कम्पनीको दाबी भित्र व्यवस्थापनले प्रकृयामा प्रवेश गरेका दाबीहरू प्रशोधन गर्न योग्य व्यक्ति सहितको उपयुक्त पूर्वाधार अवस्थित छ भनी सुनिश्चित गर्न आवश्यक छ।

ग्राहकको बारेमा ज्ञान भएका जोखिमाङ्कन विभाग, बीमाशुल्क भुक्तानी गरिएको सुनिश्चित गर्न लेखा विभाग र प्रकृयागत निर्णय गर्न आवश्यक पर्ने उच्च व्यवस्थापनसँग दाबी विभागले समन्वय गर्नु जरूरी छ।

बीमकको दाबी विभागमा होस् वा शाखा कार्यालयमा, बीमा दाबी सम्बन्धि सूचना औपचारिकरूपमा प्राप्त भएको हुनुपर्छ। र त्यसपछि बीमितले दाबीका लागि आवश्यक पर्ने कागज प्रमाण सहित निवेदन दर्ता गरिएको हुनुपर्छ । दाबीसँग सम्बन्धित प्रारम्भिक विवरणहरू बीमकले संग्रह गरेको हुनुपर्छ । जब ग्राहकले पहिलो पटक दाबीका लागि सम्पर्क गरेको थियो वा बीमाको कागज पत्र खोलेर हेरिएको थियो, यो कार्य गरेको मिति तोकिनुपर्छ।

दाबी विभागले बीमा दाबीको प्रशोधनका क्रममा ध्यान दिनुपर्ने महत्वपूर्ण पक्षहरूः

१. के पर्याप्त जानकारी प्रदान गरिएको छ? के दाबी फारम पहिले नै पूरा भइसकेको छ ?

२.के चिकित्सा वा प्रहरी प्रतिवेदन वा सर्भेयरको प्रतिवेदन आवश्यक छ?

३.   बीमा दाबीमा धोखाधडी र/वा प्रतिबन्धहरू समावेश हुन सक्छन् ?

४. बीमालेख अन्तर्गत बहन गरिएको जोखिम र बीमा रकम के हो ?

५. दाबीको हालको अनुमानित रकम कति हो ?

६. के नोक्सानी निरिक्षण गर्न आवश्यक हुनेछ ?

७. के बाहिरी विशेषज्ञहरू/समायोजकहरू आवश्यक पर्नेछ ?

८. बीमितको लागि मर्मत, पुनःनिर्माण वा ढुवानीको व्यवस्था कस्तो प्रकृयाबाट गर्ने ?

९. के दाबीसँग सम्बन्धित विषय वस्तुमा तेस्रो पक्षहरू संलग्न छन् ?

१०. क्षतिको दायीत्व कहाँ देखिन्छ – बीमित वा तेस्रो पक्षसँग?

११. के सब्रोगेशन अर्थात तेश्रो पक्षबाट प्राप्त हुने क्षतिपूर्तीमाथि बीमकको हक लाग्ने अवस्था छ?

१२. के बाहिरी कानुनी सहायता आवश्यक पर्नेछ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS