काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ को विन्दुमा झरेको छ।
यो दिन बजारमा होटल तथा पर्यटन समूहमात्रै बढेको छ भने १२ वटा समूह घटेका छन्। होटल समूह १.३२ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.५३ प्रतिशतले घटेको छ।
आज बजारमा २४ कम्पनीको शेयरभाउ बढेको छ भने २२५ कम्पनीको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ६ अर्ब ९१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेपाल पुनर्बीमा कम्पनी: २६ करोड ७७ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः २३ करोड ९६ लाख रुपैयाँ
- लुम्बिनी विकास बैंकः २० करोड २६ लाख रुपैयाँ
- शिवम सिमेन्टः २० करोड ६ लाख रुपैयाँ
- बुटवल पावर कम्पनीः १९ करोड ६० लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १७ करोड ५८ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः १५ करोड ७४ लाख रुपैयाँ
- युनाइटेड मोदी हाइड्रोपावरः १४ करोड ५४ लाख रुपैयाँ
- साहास ऊर्जाः १४ करोड १३ लाख रुपैयाँ
- लिबर्टी इनर्जीः ११ करोड १२ लाख रुपैयाँ

















