काठमाडौं । शेयर बजारमा सोमबार सामान्य अंकले बढेको छ। नेप्से पसिूचक १.६० अंकले बढेर २६९४.६६ को विन्दुमा बन्द भएको छ।
नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटा बढेका छन् भने ६ वटा घटेका छन्। सर्वाधिक बढोत्तरी होटल तथा पर्यटन समूहमा २.३७ प्रतिशत देखिएको छ भने सर्वाधिक गिरावट बैंकिङ समूहमा ०.५९ प्रतिशतको देखिएको छ।
बजारमा आज ११५ कम्पनीको शेयरभाउ बढ्दा १३३ वटा कम्पनीको घटेको छ। यो दिन बजारमा करिब सवा ९ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- ङादी ग्रुप पावरः ८७ करोड ४७ लाख रुपैयाँ
- राधी विद्युतः ६५ करोड २ लाख रुपैयाँ
- युनिभर्सल पावरः ५४ करोड १९ लाख रुपैयाँ
- एचआईडीसीएलः ३७ करोड २९ लाख रुपैयाँ
- बुटवल पावरः ३४ करोड ९८ लाख रुपैयाँ
- सोल्टी होटलः ३३ करोड ३ लाख रुपैयाँ
- एचआईडीसीएलपीः ३२ करोड रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २५ करोड ५३ लाख रुपैयाँ
- अरुण काबेली पावरः २३ करोड १६ लाख रुपैयाँ
- कुमारी बैंकः १७ करोड ९१ लाख रुपैयाँ

















