IME Life New

स्वास्थ्य बीमा सेवाको प्याकेजभित्रै पर्ने औषधि नगदमा किन्न लगाए कारबाही गर्ने चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वाथ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्याकेजभित्रै पर्ने औषधि नगदमा किन्न लगाए कारबाही गर्ने चेतावनी दिएको छ।

बोर्डले स्वाथ्य बीमा कार्यक्रममा आबद्ध सेवा प्रदायक संस्थाका नाममा एउटा परिपत्र जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘स्वास्थ्य बीमा सेवाका विभिन्न प्याकेजभित्र समावेश हुने औषधि तथा औषधिजन्य सामग्री पनि सेवा प्रदायक संस्था तथा बाह्य औषधि पसलबाट नगदमा खरिद गर्न लगाएका गुनासाहरु प्राप्त भएका छन्’, परिपत्रमा भनिएको छ, ‘यो कार्य स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावल २०७५ र प्रचलित निर्देशिका र कार्यविधिविपरीत गतिविधि हुन्।’

Esewa
Crest

यस्ता प्रकृतिका कार्यहरु नगर्न र नगराउन तथा प्रचलित ऐन, नियमावली, निर्देशिका र कार्यविधिको पूर्ण पालना गर्न बीमा बोर्डले निर्देशन दिएको छ। ‘यसका साथै अनुगमनका क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट नियमविपरीत कार्य भएको प्रमाणित भएमा नियमावलीबमोजिम कारबाही गरिनेछ’, परिपत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS