काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश वितरण नगर्ने भएको छ।
कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। जसअनुसार शेयरधनीहरुले उक्त आर्थिक वर्षका लागि बोनस शेयर वा नगद लाभांश पाउने छैनन्।
उक्त आर्थिक वर्षको आर्थिक विवरण स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ।

















