काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही “पारस्परिक” ट्यारिफहरूमा ९० दिनको रोक लगाउने घोषणा गरेपछि बुधबार (अप्रिल ९) अमेरिकी शेयर बजारले निकै सकारात्मक प्रतिक्रिया दिएका छन् ।
डाउ जोन्स औद्योगिक औसत २,९६२.८६ अंक वा ७.८७% ले बढेर ४०,६०८.४५ विन्दुमा ( मार्च २०२० पछिको सबैभन्दा ठूलो एक-दिनको वृद्धि )
“एस एण्ड पी ५००” ९.५२ प्रतिशतले बढेर ५,४५६.९० विन्दुमा ( २००८ पछिको सबैभन्दा ठूलो एकल-सत्र वृद्धि )
न्यास्ड्याक कम्पोजिट १२.१६ प्रतिशतले बढेर १७,१२४.९७ विन्दुमा (जनवरी २००१ पछिको सबैभन्दा ठूलो वृद्धि)