IME Life New

अमेरिकाको हालसम्मकै ठूलो स्वास्थ्य बीमा ठगी प्रकरण, साढे १४ अर्ब डलर झ्वाम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो स्वास्थ्य बीमा ठगी प्रकरणको पर्दाफास भएको छ।

अमेरिकाको न्याय विभागको सहयोगमा एफबीआईले स्वास्थ्य बीमा ठगी प्रकरणको पर्दाफास गरेको हो। एफबीआईले यस प्रकरणमा संलग्न गिरोहका ३२४ जनालाई पक्राउ गरेको छ। जसमा ९६ जना चिकित्सक, नर्स र फार्मेसी सञ्चालक छन्।

Esewa
Crest

यो गिरोहको अमेरिकीभर सञ्जाल रहेको खुलेको छ। उनीहरुले हालसम्म १४ अर्ब ६० करोड अमेरिकी डलर स्वास्थ्य बीमाको रकम ठगी गरिसकेको खुलेको छ।

हाल अमेरिकाको ५० वटा संघीय अदालत र १२ राज्यको महान्यायाधिवक्ताको कार्यालयमा स्वास्थ्य बीमाको रकम ठगी भएको विषयमा मुद्दा चलिरहेको छ। ती मुद्दामा १० लाख बढी अमेरिकी नागरिकको नाममा स्वास्थ्य बीमाको रकम ठगी गरिएको खुलेको छ।

पक्राउ परेकाहरुका साथबाट अमेरिकी सरकारले हालसम्म २४ करोड ५० लाख डलरबराबरको घर, कारलगायतका सम्पत्ति जफत गरेको छ। ‘पक्राउ परेकाहरुको सम्पत्तिका विषयमा छानबिन भइरहेको र थप सम्पत्ति जफत गर्ने काम अगाडि बढाइनेछ’, न्याय विभागले भनेको छ।

एफबीआईका अनुसार गिरोहले ती मानिसको व्यक्तिगत विवरण चोरेर स्वास्थ्य बीमा गर्दै अस्पतालबाट नक्कली दाबी विवरण सरकारसमक्ष पेस गरेर भुक्तानी लिएको एफबीआईले खुलासा गरेको छ। गिरोहका सदस्यमा कजकिस्तान, स्टोनिया, पाकिस्तानलगाायतका देशका नागरिक, चिकित्सक र संस्थाहरुले अमेरिकामा यस्तो ठगी धन्दा चलाएको एफबीआईको अनुसन्धानबाट खुलेको छ। यसबाट लाखौँ अमेरिकी जनता सरकारबाट स्वास्थ्य बीमामार्फत पाउने सुविधा उपभोग गर्नबाट वञ्चित भएका छन्।

ठगीमा संलग्न गिरोहले स्वास्थ्य बीमाको रकम हड्पेर विलासी जीवन बताउँदै आएको थिए। पक्राउ परेकाहरुलाई आपराधिक मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको एफबीआईले जनाएको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS