IME Life New

कर्मचारीसँगको विवादमा नेपाल रिका दुई सञ्चालकले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । व्यापारको विषयलाई लिएर कर्मचारीले चर्को विरोध गरेपछि नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)का दुई सञ्चालक राजीनामा दिएका छन्।

सञ्चालकद्वय एमिल प्रधान र बालकृष्ण दाहालले सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन्। यद्यपि, उनीहरुको राजीनामा सञ्चालक समितिले स्वीकृत गरिसकेको छैन। प्रधान सर्वसाधारण शेयर समूहबाट र दाहाल संस्थापक शेयर समूहबाट सञ्चालक बनेका थिए।

Esewa
Crest

कर्मचारीले बिचौलियासँग मिलेर व्यापार खस्काएर कम्पनी डुबाउनेमा लागेको भन्दै सञ्चालकहरुको राजीनामा माग गरेका थिए। दुई सञ्चालकको राजीनामापछि नेपाल रिको बोर्ड अपुरो बनेको छ।

सरकारी स्वामित्वको नेपाल रिको नाफाको थर्ड पार्टी मोटर बीमा व्यापार हिमालयन रिइन्स्योरेन्सलाई बुझाएको भन्दै असोजको पहिलो साता कर्मचारीहरुले आन्दोलन गरेका थिए। उनीहरुले खराब मनाशयसहित गलत काममा लागेका सञ्चालक समितिका पदाधिकारीलाई कारबाही गर्न सरकारसँग माग पनि गरेका थिए।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन भौतिक संरचनाहरुमा ठूलो क्षति पुगेको छ। यो हुलदंगा बीमाको जिम्मेवारी नेपाल रिलाई मात्र रहेको छ। यस विषम परिस्थितिमा नेपाल रिको बोर्ड अँधुरो हुँदा जेनजी आन्दोलनका क्रममा भएको बीमांकृत सम्पत्तिको क्षतिपूर्तिबापत दाबी समयमै उपलब्ध नहुने देखिन्छ। यसतर्फ अर्थ मन्त्रालयले खासै ध्यान नदिएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

13%
excited

उत्साहित

38%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS