काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन ५ हजारले बढेको हो । यससँगै आज सुन १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो। हिजो पनि प्रतितोला छापावाल सुन १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी १ हजार ९९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९४० रुपैयाँमा किनबेच भएको थियो।

















