काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३५ सय रुपैयाँले घटेको हो । यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ८१ हजार ८ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी १ हजार ९२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा किनबेच भएको थियो।

















