काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १७ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन तोलामा २ लाख २१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
हिजो सुनको भाउ तोलामा २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २६ सय ८५ रुपैयाँ कायम भएको छ।
हिजो चाँदीको भाउ प्रतितोला २७ सय रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो ।

















