काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको हो।
हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४४ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४४ हजार २० रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य थियो ।


















