काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो । यससँगै आज सुन तोलामा २ लाख १६ हजार १ सय रुपैयाँ कायम भएको छ ।
हिजो सुनको भाउ तोलामा २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, आज चाँदीको भाउ ४५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २५ सय ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ प्रतितोला २५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो ।

















