काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ४४ अंकले घटेर २,९६४ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सान्भी इनर्जीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । लुम्बिनी विकास बैंकका लगानीकर्ताले ८ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् ।


















