काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ७६ अंकले बढेर २,९८२ को विन्दुमा कायम भएको छ । आज १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ग्रिन भेञ्चरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ट्रेड टावर कम्पनी, सान्भी इनर्जी र श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् ।


















