काठमाडौं । नेप्से परिसूचक ३४ दशमलव ४६ अंकले बढेर २,७६० को विन्दुमा कायम भएको छ । आज २०९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ०८ प्रतिशतका दरले कमाएका हुन् । राप्ती हाइड्रो एन्ड जनरलका लगानीकर्ताले ५ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् । विन्ध्यावासीनी हाइड्रोका लगानीकर्ताले ५ दशमलव ७१ प्रतिशतका दरले कमाएका छन् । ओम मेगाश्रीका लगानकिर्ताले ५ दशमलव ४३ प्रतिशतका दरले कमाएका हुन् ।


















