काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २८ दशमलव ९१ अंकले बढेर २,६६० को विन्दुमा कायम भएको छ । आज २१७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका हुन् । न्यादी हाइड्रोपावरका लगानीकर्ताले पनि ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् ।


















