काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ९ दशलमव ०८ अंकले घटेर २,६५५ को विन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै पियोर इनर्जी कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । चन्द्रगिरी हिल्सका लगानीकर्ताले ६ दशलमव ९१ प्रतिशतका दरले कमाएका हुन् । तेह्रथुम पावरका लगानीकर्ताले ६ दशलमव १७ प्रतिशतका दरले कमाएका छन् ।


















