काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३५ दशमलव ९९ अंकले घटेर २,६७२ को विन्दुमा कायम भएको छ । आज २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । एनसीसी डिबेञ्चर २०८६ का इकाईधनीले ४ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । यूनियन हाइड्रोपावरका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।


















