काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ५२ अंकले घटेर २,७०८ को विन्दुमा कायम भएको छ । आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल समृद्धि फन्ड २ का इकाईधनीले ५ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । यूनिभर्सल पावरका लगानीकर्ताले ५ दशमलव १२ प्रतिशतका दरले कमाएका छन् ।


















