काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३१ दशमलव १७ अंकले घटेर २,७४९ को विन्दुमा कायम भएको छ । आज २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २२८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ६ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । आशा लघुवित्तका लगानीकर्ताले ४ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । माछापुच्छ्रे डिबेञ्चर २०८७ का इकाईधनीले ३ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।


















