काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५३ दशमलव ०१ अंकले बढेर २,८१९ को विन्दुमा कायम भएको छ । आज २३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ३६ प्रतिशतका दरले कमाएका छन् । ग्रिन भेञ्चरका लगानीकर्ताले ८ दशमलव ०८ प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।


















