काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ८३ अंकले बढेर २,७६६ को विन्दुमा कायम भएको छ । आज १०१ कम्पनीको शेयर मूल्य बढ्दा १४९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । एनआरएमका लगानीकर्ताले ८ दशमलव ६१ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्टका लगानीकर्ताले ७ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् ।


















