काठमाडौं ।आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव ७० अंकले घटेर २,७६७ को विन्दुमा कायम भएको छ । आज ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । चन्द्रगिरी हिल्सका लगानीकर्ताले ७ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । एबिएल डिबेञ्चर २०८६ का इकाईधनीले ७ दशमलव १४ प्रतिशतका दरले कमाएका छन् ।


















