काठमाडौं ।आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ६२ अंकले बढेर २,७८८ को विन्दुमा कायम भएको छ । आज १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । पञ्चकन्यामाई हाइड्रोका लगानीकर्ताले ५ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् । कुमारी सबल योजनाका इकाईधनीले ४ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् । राधि विद्युत कम्पनीका लगानीकर्ताले ४ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् ।


















