काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव ५० अंकले घटेर २,७८५ को विन्दुमा कायम भएको छ । आज ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै माया खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । सानिमा लार्ज क्याप फन्डका इकाईधनीले ४ दशमलव ३२ प्रतिशतका दरले कमाएका छन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ३ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् ।


















