काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ५७ अंकले घटेर २,६७० को विन्दुमा कायम भएको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरे नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् । मेच्छियाम हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।